दफा ५२
विशेषज्ञलाई साक्षी सरह बकाउने र जिरह गर्ने
हस्ताक्षर, ल्याप्चे, बिदेशी कानून, विज्ञान, रीति रिवाज, कला, वैज्ञानिक वा प्राविधिक रुपमा परीक्षण हुनु पर्ने विषय वा यस्तै अन्य विषय सम्वन्धी कुरा यकीन गर्नुपर्ने हुन आएमा अदालतले त्यस सम्वन्धमा विशेष दक्षता, अनुभव, वा तालीम प्राप्त व्यक्तिलाई साक्षी सरह उपस्थित गराई बकाउन हुन्छ । सो बमोजिम अदालतले कुनै विशेषज्ञलाई साक्षी सरह बकाएमा मुद्दाको पक्षलाई यस ऐन बमोजिम जिरह गर्ने मौका दिनु पर्छ ।